बिरेन्द्र माद्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको साझा फोरमको रुपमा सामाजिक उधेश्य राखी बि. स. २०७२ सालमा स्थापित यस नाफारहित संस्था बिरेन्द्र एलुम्नाइ एसोसिएसनले नौ सफल बर्ष पुरा गरेको छ। बिरेन्द्र माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरूको आपसी मिलन, बिद्यालयको शैक्षिक गुणस्तर अभिब्रिद्धीमा बिद्यालयलाई सहयोग गर्ने एबम अन्य सामाजिक कामहरु गर्ने उधेश्य राखेर खोलिएको यस संस्थाले बिगत नौ बर्षमा केही उल्लेखनीय कामहरु गरेको छ।
२०८० सालको बिजयादशमी, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा काठमाडौंमा रहनुभएका पूर्व विद्यार्थीहरूको काठमाडौंमा एवम झापामा रहनुभएका पूर्व विद्यार्थीहरूको वीरेन्द्र माद्यमिक विद्यालयको सभाकक्षामा भेला गरी शुभकामना आदान प्रदान कार्यक्रम गरियो । वीरेन्द्र मा. वि. चन्द्रगढी झापाका पूर्व प्रधानाध्यापक श्री हरी पौडेलज्यूको अग्रसरतामा नेपालको सबभन्दा होचो स्थान केचनाकवलमा अन्तर्राष्ट्रिय वहुभाषिक साहित्य, सङ्गीत तथा पर्यटन प्रवर्द्धन महोत्सव २०८०/८१ सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा वीरेन्द्र एलुम्नाइ एसोसिएसनको तर्फबाट विरेन्द्र मा. वि. का केही पूर्व विद्यार्थीहरूले गर्नुभएको योगदानबाट रू २५०२५/- उक्त कार्यक्रमलाई सहयोग गरियो।
त्यसैगरी, वीरेन्द्र एलुम्नाइ एसोसिएसनको गत अधिवेशनबाट निर्वाचित कार्यकारी समितिको पहिलो बैठकबाट वीरेन्द्र एलुम्नाइ एसोसिएसनलाई दिगो रुपमा आर्थिक सबलता सहित सञ्चालन गर्ने हेतुले एलुम्नाइ अक्षय कोश स्थापना गर्ने निर्णय गरिएको र उक्त कोशमा वीरेन्द्र एलुम्नाइ एसोसिएसनको चारजना सदस्यले योगदान गरी सक्नुभएको छ। आजै वीरेन्द्र एलुम्नाइ एसोसिएसन, काठमाडौंको Website: www.birendraalumnai.org.np उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
आगामी कार्यक्रम:
बिरेन्द्र एलुम्नाइ एसोसिएसनको यस बर्ष तथा आगामी बर्षमा बिभिन्न प्रकारका कार्यक्रम गर्ने योजना रहेको छ : २०८१ साल आस्विन महिनामा दसैं तिहार शुभकामना कार्यक्रम काठमाडौंमा घटस्थापनाका दिन तथा झापा (वीरेन्द्र मा. वि.) मा महानवमीका दिन गर्ने एवम उक्त कार्यक्रममा एसोसिएसनको मुखपत्र प्रयास स्मारिकाको चौथो अंक प्रकाशन गर्ने योजना रहेको छ। आगामी मङ्सिर महिनामा वार्षिक बनभोज कार्यक्रम गर्ने योजना रहेको छ । त्यसैगरी, यही चैत्र महिनाको अन्तमा नव बर्ष २०८२ को क्यालेन्डर प्रकाशन गर्ने योजना रहेको छ। । साथै आजीवन सदस्यको संख्या बढाउने एवम एलुम्नाइ अक्षय कोषमा योगदान बढाउन पहल गर्ने पनि योजना बनाइएको छ।