वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

दाताको अपेक्षा सन्दर्भ वीरेन्द्र मा.वि. रजत महोत्सव - चन्द्र नारायण राजवंशी

Published on: Jestha 31 2081
Views
108
Share
दाताको अपेक्षा सन्दर्भ वीरेन्द्र मा.वि. रजत महोत्सव - चन्द्र नारायण राजवंशी

दाताको अपेक्षा सन्दर्भ वीरेन्द्र मा.वि. रजत महोत्सव - चन्द्र नारायण राजवंशी

Published on: Jestha 31 2081
Views
108
Share
दाताको अपेक्षा सन्दर्भ वीरेन्द्र मा.वि. रजत महोत्सव - चन्द्र नारायण राजवंशी
विद्यालय संचालन सरकारको एक्लो प्रयासको परिणती होइन र इतिहासमा यस्ता विरलै उदाहरणहरु पाइएलान् जहाँ सरकार आफैले विद्यालय स्थापना गरेको होस् । विद्यालय संचालन शिक्षासंग सरोकार राख्ने स्थानीय समाजसेवी मनकारी दाता र बुद्धिजीविहरुको विशेष सहयोग र सक्रियताको अपेक्षा गरिन्छ । मानिसहरुलाई विद्यालय संचालन जस्तो पुन्य कार्यमा सहयोग गर्न उनीहरुको अन्र्तमन र मस्तिस्कलाई के ले उत्प्रेरित गर्दछ? किन उनीहरु विद्यालयलाई भौतिक सहयोग गर्दछन्? विद्यालयलाई दान गरि सहयोग पु¥याउने मान्छेहरुको अपेक्षाहरु के के होलान्? आदि प्रश्नहरुमा छलफल गर्नु गराउनु विद्यालयको समग्र विकासका लागि अपरिहार्य विषय हुन सक्दछ । हालको वीरेन्द्र उच्च माध्यामिक विद्यालयलाई जग्गा प्रदान गर्ने परिवारको सदस्य मध्ये म पनि एक भएको हुँदा यस आलेखमा केही विषयहरु उठाएको छु ।

महान समाजसेवी मदरटेरेसाले भन्नु भएको थियो “यदि तिमी सय जनालाई खुवाउन सक्दैनौ भने कमसेकम एकजनालाई खुवाउ” यो भनाईले समाजसेवी र दाताहरुलाई अभिप्रेरित गर्दछ । सहयोग गर्नलाई धन हैन मन चाहिन्छ, भावना सहितको अठोट चाहिन्छ । मदर टेरेसाको भनाईलाई मनन गर्ने हो भने विद्यालयलाई जग्गा दान गर्नु भनेको लाखौ जनालाई खानसक्ने र खुवाउन सक्ने नागरिक तयार गर्नु हो । भविष्यका सन्ततीहरुका लागि सबै भन्दा ठूलो उपहार हो । शिक्षाका बहुमुखी फाइदाहरुले समाजलाई अग्रता प्रदान गर्नु हो, समाजलाई दिर्घकालिन परिवर्तनको दिशामा उन्मूख गराउनु हो । तसर्थ ति महान व्यक्तिहरुले विद्यालयलाई जग्गा प्रदान गर्दाका अपेक्षाहरु तिनले देखेका सपनाहरु साकार पार्ने कार्यमा आज वीरेन्द्र उ.मा.वि. को उन्नयन र यस क्षेत्रको समग्र विकासमा सरोकार राख्ने व्यक्तिहरुले  पूनः बहस गर्नुपर्ने अवस्था आएको देखिन्छ ।

विद्यालय स्थापनाको तत्कालिन अवस्थामा विद्यालयलाई भौतिक सहयोग पु¥याउने दाताहरुले पक्कै पनि आफुसंग अधिक जग्गा जमिन भएर सामाजिक रुपमा आफ्नो वर्चश्व कायम राख्नलाई वा आजको अवस्थामा हेर्दा कर छुटको लाभ लिनका लागि विद्यालयलाई जग्गा उपलब्ध गराएका पनि हैन होला । आर्थिक सम्भाव्यता वा लाभ हानीको अवस्था त्यती खेरको समाजमा न्यून भएको अवस्थामा सायद, ति जग्गा दाताहरुमा आफूले पढ्न नपाएको अनुभवका कारण आफु पछिका सन्ततीहरुले पढ्न पाउन, निरक्षरहरुको जीवनमा शिक्षाको माध्यमबाट सकारात्मक परिवर्तन आओस् जसले भावी समाजलाई दिगो र भरपर्दो परिवर्तन दिन सकोस् र समाजमा भएको विभेद, दुःख, अन्यया हटोस् भनेर नै धार्मिक र नैतिक दुबै भावनाले अभिप्रेरित भई जग्गा दान गरेको हुनुपर्दछ ।

हालको वीरेन्द्र उच्च माध्यामिक विद्यालय वि.सं. २०२२ सालमा स्थापना हुँदाका बखतको सामाजिक संरचनालाई हेर्ने हो भने मूलतः झापाका आदिवासी राजवंशी समुदायको भूमीमाथिको अन्य समुदायको भन्दा बढि थियो । स्थानीय गाउँको सडक निमार्ण, कुलो पैनी, मठ मन्दिर लगायतका आवश्यक ग्रामिण पूर्वाधारहरुको संरक्षण, सम्वर्धन र निमार्ण कार्यहरुमा राजवंशी समुदायको सहभागिता त्यसैले बढी देखिनु स्वभाविक हो । आर्थिक हिसाबे हेर्दा त्यति खेर व्यक्तिको सम्पन्नताको मापदण्ड जग्गा जमिन नै थिए । धेरै भूमिपति जमिन्दारहरु भएतापनि विद्यालयलाई जग्गा प्रदान गर्नेहरु प्राय मध्यम वर्गका व्यक्तिहरु नै पाईन्छ ।

हेर्नुहोस जग्गा दाताहरुको विवरण
श्री इन्द्रकान्त राजवंशी
श्री बमसिंह राजवंशी
श्री लोविन सिंह राजवंशी
श्री चन्द्रकला नेउपाने
श्री कौवासिंह राजवंशी
श्री बासुदेव राजवंशी

भनिन्छ धनीको मन हुँदैन, मन हुने संग धन हुँदैन । संसारमा जति पनि दाताहरु छन् ति प्राय मध्यम वर्गमा नै पर्दछन वा दान गर्ने विषयमा मध्यम वर्गका मानिसहरु नै अघि सरेको पाईन्छ । राजवंशी समुदायको सामाजिक मुल्य र मान्यतालाई हेर्ने हो भने सार्वजनिक कार्यमा यो समुदायको विशेष चासो रहेको छ । त्यसैले उल्लेखित दाताहरुकोमा धेरै राजवंशी समुदाय नै परेका छन् । यी जातिहरु यस्ता कार्यमा मस्तिष्क भन्दा बढी मनलाई विश्वास गरी चल्दछन भन्ने उदाहरण हो, जो आजपर्यन्त संस्कारको रुपमा रही आएको छ । यद्यपी यो समुदाय आर्थिक रुपले पिछडिएको वर्ग मध्ये एकमा परिसकेको छ ।

आफ्नो समुदायको संस्कार वा मुल्य मान्यता प्रतिको विश्वास वा धार्मिक रुपले पुन्य कमाउने उद्देश्य वा सामाजिक प्रतिष्ठा जुनसुकै कारणले होस्, विद्यालयको सम्बर्धन र विकासका लागि दान गर्नु चानचुने कुरा थिएन यो असाधारण मानविय व्यवहारमा मात्र सम्भव छ । जसले कसरी दिने, किन दिने भनेर सोच्दछ, उल्ले दान गर्देन जो अन्र्तरमनबाट खुशी हुन्छ यो यस्तो पुजनीय कार्यमा आफै अघि सर्छ । जो अन्तरमनबाट खुशी हुन्छ यो यस्तो पुजनीय कार्यमा आफै अघि सर्छ । उसले व्यक्तिगत लाभ हानी हेर्देन । सार्वजनिक लाभ मात्र देख्दछ।
दान अपेक्षित लाभको आशमा गरिदैन यो निस्वार्थ हुन्छ यही निस्वार्थता भित्र दानको प्रमाण गुणात्मक रुपमा देखिन्छ । त्यसैले प्रत्येक दान ले सकारात्मक प्रमाव पार्दछ । शिक्षा क्षेत्रमा गरिएको दानले आफ्नो समाज गाउँ.र देशलाई मात्र प्रभाव पार्ने नभई समग्र विश्वलाई नै प्रभाव पार्ने क्षमता राख्दछ । यिनीहरुको साथ र सहयोगका कारण आज ५० बर्ष सम्ममा वीरेन्द्र उच्च माध्यामिक विद्यालयले लाखौलाई साक्षर बनाएको छ, हजारौलाई गरिखाने सिप दिएको छ भने सयौंलाई उच्चस्तरको सिप र दक्षता दिएको छ । यी सबै ति मनकारी दाताहरुको योगदानको प्रतिफल हो, भन्नुमा दुइमत नहोला ।

विद्यालयको वर्तमान शैक्षिक प्राधनता र दाताहरुको सम्झना

तत्कालिन भिन्न परिस्थितीमा सबैको साथ र सहयोगले स्थापना गरेको वीरेन्द्र उच्च माध्यमिक विद्यालयले स्थापनाको पचासौ बर्ष पूरा गरिसकेको छ । राजवंशी समुदायका केही मनकारी महानुभावहरुको यो पुन्य कार्यमा तत्कालिन सबै क्षेत्रका समाजसेवीहरुको महत्वपूर्ण उत्प्रेरणा र समन्वयकारी भूमिका पक्कै थियो । ती जग्गा दाताहरुबाट समुदायिक नामका लागि उपलब्ध गराइएको सम्पत्तिको के कसरी उपयोग भएको छ । वर्तमान विद्यालय व्यवस्थापन समिति तथा अन्य विद्यालय शिक्षासंग सम्बन्धित निकायहरुले विद्यालयको भौतिक सम्पत्तिको परिचालन र उपभोग तथा कुशल व्यवस्थापन गर्न सकेका छन् कि छैनन् ? जग्गा दान गर्दा जग्गादाताहरुले सोचे अनुसार शिक्षा क्षेत्रमा सबैको पहुँच पुग्यो कि पुगेन? विद्यालयको स्थापनाको ५० औं बर्षमा आइपुग्दा झापा जिल्लामा पिछडिएका विभिन्न जात जाती, भाषा भाषी, संस्कृति बोकेका समुदायका मानिसहरुले शिक्षामा सरल, सहज पहँुच पाए की पाएनन् यी प्रश्नहरुको उत्तरका लागि एकचोटी हामी सबैले फेरी सोच्नु पर्ने बेला भएको छ । 

हालको वीरेन्द्र उच्च मा. वि. स्थापनार्थ आफ्नो दैनिक जीविकोपार्जनको अमूल्य श्रोत विद्यालयलाई दान गर्ने महानुभावहरु त्यतिखेर पक्कै पनि आर्थिक रुपले सम्पन्न थिएनन् । आज पनि तिनका छोरा नातीहरुको आर्थिक अवस्था पिछडिएको छ । आफ्ना सन्ततीको गाँस काटेर प्रदान गरेको जग्गाले धेरै मानिसहरुको लागि शिक्षा प्रदान ग¥र्यो तर तिनै जग्गा दाताहरुका सन्तानलाई शिक्षाको अपरिहार्यता बुझाउन नसकिएको हो कि भन्ने कुरा तिनको शैक्षिक अवस्था हेर्दा पत्याउनु पर्ने अवस्था छ । 

आउँदा दिनमा विद्यालयको व्यवस्थापन संचालन र शैक्षिक विधिमा तिनीहरुको स्वत स्फूर्त सहभागिता बढाई सर्वसुलभ गुणस्तरीय र गरिखाने शिक्षा प्रदान गर्न सकोस् – विद्यालयलाई शुभकामना ।

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT