वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

सुरक्षित शल्यक्रिया – डा. कमल कोइराला, वरिष्ठ शल्य चिकित्सक (२०४४ एस. एल. सी. ब्याच)

Published on: Bhadra 10 2081
Views
189
Share
सुरक्षित शल्यक्रिया – डा. कमल कोइराला,  वरिष्ठ शल्य चिकित्सक  (२०४४ एस. एल. सी. ब्याच)

सुरक्षित शल्यक्रिया – डा. कमल कोइराला, वरिष्ठ शल्य चिकित्सक (२०४४ एस. एल. सी. ब्याच)

Published on: Bhadra 10 2081
Views
189
Share
सुरक्षित शल्यक्रिया – डा. कमल कोइराला,  वरिष्ठ शल्य चिकित्सक  (२०४४ एस. एल. सी. ब्याच)
शल्यक्रिया भन्ने बित्तिकै मनमा डर लाग्नु स्वभाविकै हो । आवश्यक नपरी गर्नु पनि हुन्न । तर कतिपय रोगहरु शल्यक्रिया नगरी सन्चो हुँदैन वा शरीरमा त्यसै छाडिए भविष्यमा नराम्रो रोगमा परिवर्तन हुने वा समस्या निम्त्याउने खालका हुन्छन् । त्यसैले आवश्यक अवस्थामा यसको विकल्प पनि छैन ।

कसैलाई चोट पुर्याउँदा उसलाई अपराधी भनिन्छ र कार्वाही गरिन्छ । तर सर्जनले बिरामीमा कैयौँ ठूला घाउ बनाइदिँदा उल्टै देवता मान्ने चलन छ । फरक यति हो कि सर्जनले अनुमति लिएर गरेको हुन्छ र उद्देश्य पनि बिरामीलाई निको बनाउने हुन्छ । शल्यक्रियाको क्रममा मानवीय लापरवाही भएमा सर्जन पनि दोषी हुन्छ, तर उपचारको क्रममा बिरामीको शरीरमा जटिलता पैदा भयो वा शरीरले उपचार विधि लिन सकेन भने सर्जनको दोष मानिदैन । त्यसैले लापरवाही (negligence) र जटिलता (Complication) बीच फरक छुट्टयाउन सक्नु पर्छ । यही फरक बुझाउन नसक्दा डाक्टर र बिरामी पार्टी बीच खटपट हुने गर्दछ । यस्तो हुन नदिने एउटै उपाय भनेको आधुनिक चिकित्सा पद्धतिको नियम (Medical Ethics) मा रहेर उपचार गर्नु र बिरामी पार्टीलाई नियमित रुपमा राम्रोसँग रोगको बारे बुझाउन सक्नु (Counselling) नै हो ।

  केही जटिलता र लापरवाही यस्ता छन् ।

१. अस्पतालमा भर्ना भएका बिरामीमध्ये ३ देखि १६ प्रतिशत सम्ममा नकारात्मक घटना (adverse events) हुने गर्छ जसमध्ये आधा जसो हुनै नदिन सकिन्थ्यो । (New England Journal of Medicine, 1991, 324:370-6) आधाजसो adverse events शल्यक्रियाका बिरामीमा देखिन्छ । (Surgery, 1999, 126:66-75)

२. अमेरिकामा मात्र प्रत्येक वर्ष १५०० देखि २५०० बिरामीमा गलत शल्यक्रिया हुने गरेको पाइएको छ । (Archieves of Surgery, 2006, 141:353-8)

३. ठूलो शल्यक्रियाको क्रममा १० प्रतिशत सम्म पनि मृत्यु हुन सक्छ । (British Journal of Surgery, 2002, 89:110-3)

४. बेहोश गराउँदा वा Anaesthesia को कारणले मात्र पनि १५० जनामा एक जनाको मृत्यु हुन सक्छ । (Tropical Doctor, 2005, 35:220-2)

५. संक्रमण लगायत अन्य जटिलता पनि हुने गर्छन् ।

६. एक जना ६५ वर्षकी महिलाको बायाँ हातको औंलाको Trigger Finger भन्ने समस्याको शल्यक्रिया गर्नुपर्नेमा बायाँ  नाडीको Carpal Tunnel को सर्जरी भएछ । शल्यक्रिया सकिएपछि बल्ल थाहा पाएछन् शल्य चिकित्सकले । (New England Journal of Medicine, 11 Nov 2010)

७. एक जना महिला पित्तथैलीको पत्थरीको अपरेशन गर्न कुरिरहेकी थिइन् । तर उनको पाठेघर सफा(Curette) गरिएछ। तुरुन्तै गल्ती थाहा पाएर सर्जनले पित्तथैलीको पनि सर्जरी त्यसैबेला गरिदिएछन् । उक्त घटना नेपालकै एक प्रतिष्ठित मेडिकल कलेजमा भएको हो । (International Surgical Conference, Nepal, Nov 2010)

८. थाइराईड सर्जरी गर्नुपर्ने बिरामीको पाठेघरको सर्जरी भएको छ । त्यो पनि हाम्रो देशको एक प्रतिष्ठित अस्पतालमा यस्ता उजुरीहरु झण्डै १५० वटा काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा परेका छन् । (Editorial "Doctors gone negligent", ekantipur, 19 Apr 2013)

९. ७९०५ जना शल्य चिकित्सक सँग बुझ्दा झण्डै ७०० जनाले आफुले गएको ३ महिनामा एउटा ठूलो गल्ती गरेको स्वीकारे । सो मध्ये ५०० जनाले सो गल्ती आफ्नै कारणले भएको स्वीकारे । धेरै यस्ता गल्तीहरु सर्जनको थकान र कामको चापसँग सम्बन्धित हुने गर्छन् । कामको तनाव कसरी कम गर्ने र गल्तीहरु हुन नदिने उपायको खोजी महत्वपूर्ण छ ।

शल्यक्रियाको क्रममा लापरवाही नहोस् भनेर अपनाइने केही उपायहरु यस्ता छन् ।

१. विश्व स्वास्थ्य संगठन (World Health Organization) को नियमावली (Guidelines for Safe Surgery) अपनाउनु पर्छ । सुरक्षित सर्जरीले ज्यान जोगिन्छ भन्ने नारा छ । (Safe Surgery Saves Life)

२. अपरेशनमा लानु अघि बिरामीको नाडीमा Wrist Band लगाइन्छ जसमा बिरामीको नाम, गर्नुपर्ने शल्यक्रिया आदि लेखिएको हुन्छ ।

३. अपरेशन गर्ने दिन बिहान जुन भागको शल्यक्रिया गर्नुपर्ने हो त्यही भागमा चिकित्सकले दागी(Marking)लगाउँछन्।

४. अपरेशन कक्षमा पनि सही बिरामीको सही शल्यक्रिया होस् भनेर धेरै विधि अपनाइन्छ ।

५. अपरेशनमा प्रयोग हुने उपकरणहरु पनि अपरेशन शुरु हुनु अघि र पछि एक एक गरेर गन्ती गरिन्छ ।

( डा. कमल कोइराला बिरेन्द्र मा.वि. मा कक्षा १० सम्म अध्ययन गरी २०४४ सालको एस.एल.सी. परिक्षामा झापा जिल्ला प्रथम हुनु भएको हो । अमृत साइन्स कलेज, काठमाडौंमा आइ.एस्सी. अध्ययन गरी नेपाल सरकारको शिक्षा मन्त्रालयबाट पूर्ण छात्रवृत्तिमा चीनको Beijing University बाट MBBS, MS, PhD गर्नु भयो । चीन सरकारको शिक्षा मन्त्रालयबाट प्रदान गरिएको सुविधाबाट विभिन्न अनुसन्धान गर्नुभयो । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत किष्ट मेडिकल कलेजमा प्राध्यापक र काठमाडौं, चाबहिल स्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा वरिष्ठ कन्सल्टेण्ट सर्जनको रुपमा कार्यरत हुनुहुन्छ) 

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT