सन्तोष कोइराला
भु.पु. विद्यार्थी
२०४५ साल – एस.एल.सी.
भोजपुर जिल्ला सिद्धेश्वर गा.वि.स. वडा नं. ३, दाँवा स्थित सिद्धेश्वर माध्यमिक विद्यालय (तत्कालिन) हाल सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा ५ कक्षा सम्म अध्ययन गरी बसाइ सराइको क्रममा चन्द्रगढी गा.वि.स. वडा नं. ६ (तत्कालिन) हाल भद्रपुर नगरपालिका वडा नं. १४ मा स्थायी बसोबास गर्नआइपुगेको सन्दर्भमा कक्षा ६ देखि यस वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढीमा २०३९ साल देखि अध्ययन गर्ने सुअवसर प्राप्तगर्ने विद्यार्थी हुँ म । कक्षा ५ सम्म अध्ययन गर्दा पनि म सिद्धेश्वर माध्यामिक विद्यालयको मेधावी छात्रको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भैसकेको थिएँ । तर वीरेन्द्र मा.वि., चन्द्रगढीमा कक्षा ६ को त्रैमासिक परीक्षामा अपेक्षित सफलता हासिल गर्न नसकेको परिस्थितिमा चिन्ता बढ्नु स्वभाविकै थियो । तर पनि हरेस नखाइकन आफ्नो निरन्तर मेहनतका वावजुत अन्तिम परीक्षामा राम्रो नतिजा हासिल गर्न सके । विभिन्न उतार चढावका बीचमा कक्षा ६ देखि कक्षा १० सम्म यही स्कुलमा अध्ययन गरी २०४५ सालमा प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेको छु । यही विद्यालयको उत्कृष्ट वातावरण बीच गुरु÷ गुरुआमाहरुको उत्कृष्ट दीक्षाका कारण विज्ञान विषय लिएर तत्कालीन समयको सबैभन्दा राम्रो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पस, काठमाण्डौंबाट प्रवीणता प्रमाणपत्रको पढाइ सक्ने अवसर पाएँ, मैले । इन्जिनियर बन्ने ठूलो अभिलाषा बोकेर चन्द्रगढीबाट काठमाण्डौं आएको मैले आशातीत सफलता हासिल गर्न नसकेपनि मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा प्रथम भई उत्तिर्ण गरेपछि चार्टर्ड एकाउन्टेन्सी पढ्न भारतको मद्रास तर्फ हानिए म । जण्डिस रोगका कारण मद्रासमै नराम्रो सँग थलिएपछि पढाइलाई बीचैमा रोकेर अपोलो हस्पिटलमा उपचार गरेर बसेको अत्यन्त दुःखद अनुभव पनि छ, मसँग । डाक्टरले उपचारको क्रममा चिसो ठाउँमा २ वर्ष सम्म बस्नु भन्ने सल्लाह दिएपछि चार्टर्ड एकाउन्टेन्सीको पढाइ बीचैमा छाडेर किर्तिपुरको त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए.गर्ने चाहना स्वरुप २०५५ सालमा सहोदर भाइ प्रज्वल कोइरालासँग ३ वर्ष किर्तिपुरमा सँगै बसे । भर्ना गर्ने समय घर्किसकेको कारण विश्वविद्यालयमा भर्ना नपाए पनि प्राइभेट परीक्षा दिएर प्रथम वर्षमा विश्वविद्यालयमा प्रथम श्रेणीमा द्वितीय स्थान हासिल गर्न सफल भएँ म । त्रिभुवन विश्वविद्यालयको तत्कालीन समयको नियममा प्राइभेट विद्यार्थीले थेसिस लेख्न नमिल्ने निर्णय तत्कालीन व्यवस्थापनका डिनले गरेपछि डिनसँग विमती राख्दै ‘गोल्ड मेडल’ लिने सपनालाई बिचैमा छाडेर प्राइभेट बैंकको असिस्टेन्ट लेभलको पदमा जागिर खानपुगेको म आज कुनै प्रतिष्ठित बैैकको सहायक महाप्रबन्धक ९म्भउगतथ न्भलभचब िःबलबनभच० पदमा कार्यरत छु । यो अवस्था सम्म आइपुग्न चन्द्रगढी स्कुलको विशेष देन छ । यहाँका तत्कालीन गुरुहरु र गुरुआमाहरुको म प्रति ठूलो लगानी छ । सकेसम्म मेरो आज सम्मको यात्राको त्गचलष्लन एयष्लत र चन्द्रगढी स्कुलमा घटेको केही रमाइला उत्प्रेरणाका सामग्री प्रस्तुत गर्न चाहन्छु ।
मेरो घर मेरा आदरणीय गुरुश्री खडानन्द वशिष्ठको घरको पूर्वपटि छ । मेरो जीवनमा मेरो बुवा र मेरी आमा पछिको मेरो अभिभावक खडानन्द सर हुनुहुन्छ । उहाँले मलाइआज सम्मपनिउत्तिकै हौसला र माया दिनुहुन्छ । म उहाँप्रति यसै लेख मार्फत पनिहार्दिक नमनगर्न चाहन्छु । उहाँसँग मैले धेरै नजिक रहेर कामगर्न अवसर पनिप्राप्त गरे । मैले मेरो शिक्षण पेशाविदुर इङ्गलिश स्कूल देखि गरेको भएपनितत्कालीन समयको प्रज्ञा एकेडेमी, जसको प्रिन्सिपल खडानन्द सर हुनुहुन्थ्यो, मा झण्डै ४ वर्ष अध्यापन गरेको अनुभव छ म सँग । खडानन्द सरसँगको संगत, उहाँकाविचारहकरुको प्रभाव,उहाँको सरलताएवं बौद्धिक क्षमताबाट सबैभन्दाप्रभावित म, यस्ता व्यक्तिको निकटतम भएर बिताउनपाएकादिनहरु सुनौलाथिए मेरो भविष्यकालागिभन्ने लाग्छ मलाई ।
कक्षा ८ सम्मआइपुग्दा म चौथो, पाँचौं विद्यार्थीका रुपमा राम्रै विद्यार्थी मध्येमा स्थापितथिए, यो हाइस्कुलमा । एक दिनको स्मरण गरुँ म । राधाकृष्ण सरले भुगोल विषय पढाउनु हुन्थ्यो । म कक्षा ८ को ‘ख’ सेक्सन (सम्झनाभएसम्म) माथिएँ । उहाकक्षाभित्र छिरेपछिआज म तिमीहरुलाई भुगोल सम्बन्धीप्रश्नहरु सोध्छु, जस जसले उत्तर दिन सक्दैन उनीहरु सजायकाभागीदार हुन्छौं भन्नुभयो । उहाँदेखी सम्पूर्ण कक्षात्रसितथियो । मलाई पनि डर लाग्यो तर म राम्रै विद्यार्थी भएकोले उत्तर दिन सकिहाल्छु निभन्ने बढी नै आत्मविश्वासथियो म मा । सरले एउटै प्रश्न सबैलाई सोध्नु भयो । नेपालको पूर्व पश्चिम राजमार्ग (तत्कालीन महेन्द्र राजमार्ग) को लम्बाइकति छ ? पछिाडिको बेच्नबाट सोध्दै आउनुभयो तर कसैले जवाफदिन सकेनन् । मेरो छेउमाआएर भन्नुभयो, लौ तलाइ त के सोध्नु हाइहाल्छ होलाभन त सन्तोष सबैलाई सुनाइदे । कति छ लम्बाई ? म पनि के कम । जुरुक्क उठेर सर ८,००० कि.मि. भन्दिए । सरले मलाई यसरी सजायँदिनुभयो म त्यस पछि हुने कुनैपनिहाजिरी जवाफप्रतियोगितामा (क्याम्पस लेभल सम्मपनि) पुरस्कृत नभईफर्किएको सम्झना छैन । मेरो अबचभभचमा यो एउटा त्गचलष्लन एयष्लतहो । राधाकृष्ण सरलाई हार्दिक नमन ।
कक्षा ९ मा पढ्दा नवदिदीले नेपाली पढाउनुहुन्थ्यो । त्रैमासिक परीक्षामा एउटा प्रश्न घनघस्याको उकाले काट्दा भन्ने शिर्षकबाट आयो । परीक्षाफलप्रकाशितभयो । सदाझैं म पाँचौं भएँ । अचानकएकदिन मैले लेखेको उत्तरकापीबोके नवदिदीकक्षामाआउनुभयो र भन्नुभयो । हेर तिमीहरु सबैले यो प्रश्नको उत्तर म सुनाउँछु । यसरी उत्तर लेख्नु पर्छ एस.एल.सी.मा । यो सन्तोषले लेखेको उत्तर हो । मलाई त अत्यन्तगर्व महशूस भयो । मैले यस्तो हौसलापाएँजसले मलाई जहिल्यै पनि राम्रो गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास जाग्यो । एस.एल.सी.मापनि नेपालीमा राम्रो नम्बर आयो । यस्तो हौसलाप्रदान गरी अगाडि बढ्न प्रेरणा दिनृ नवदिदीप्रतिपनिहार्दिक नमन ।
मेरो अंग्रेजी लेखन राम्रै छ भन्ने मेरो विश्वास हो । यसको सम्पूर्ण देन रोहीणी सर लाई जान्छ । कक्षा १० मा मेजर अंग्रेजीविषयलिएर पढ्ने थोरै विद्यार्थी मध्ये म पनि एक थिएँ । एक दिन रोहीणी सरले एउटा शीर्षककानिबन्ध लेख्न लगाउनु भयो । ज्यध अबल ँबचmष्लन म्भखभयिउ ल्भउब?ि (सम्झनाभएसम्म) । हामी सबैले लेख्यौं । उहाँले भोलिपल्ट कक्षामाआएर यो सन्तोषले लेखेको उत्कृष्ट छ । यसले भविष्यमा धेरै राम्रोप्रगतिगर्न सक्छ भन्नुभयो ।महर्षले विभोरभएँ । मलाइ ठूलो उत्प्रेरणा भयो । राम्रो पढिस्भने जिल्ला टप गर्छस् भनेकाशब्दहरु अहिले सम्मपनि गुंजायमान छन् । मैले रोहिणी सरले भनेजस्तो प्रगतिगर्न सके वा सकिन यो त समय छ भविष्यले बताउला तर यसरी सधै हौसलाप्रदानगर्न रोहिणी सर प्रतिहार्दिक नमन ।
र अन्त्यमा, म मेरो तत्कालिन गुरुवर्ग, गुरुआमाहरु प्रतिहाम्रो भविष्यकोउज्ज्वल रुपरेखातयार गर्न सहयोग गर्नुभएकोमाहार्दिक आभार प्रकट गर्दछु ।