वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं

पूर्व विद्यार्थी समाज, वीरेन्द्र मा. वि. चन्द्रगढी, झापा

वीरेन्द्र एलुम्नाई एसोसिएसनः विगत र वर्तमान - कैलाश नेउपाने

Published on: Jestha 31 2081
Views
139
Share
वीरेन्द्र एलुम्नाई एसोसिएसनः विगत र वर्तमान - कैलाश नेउपाने

वीरेन्द्र एलुम्नाई एसोसिएसनः विगत र वर्तमान - कैलाश नेउपाने

Published on: Jestha 31 2081
Views
139
Share
वीरेन्द्र एलुम्नाई एसोसिएसनः विगत र वर्तमान - कैलाश नेउपाने
वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढी, झापाका काठमाडौंमा बसोबास गर्ने ३८ जना पूर्व विद्यार्थीहरु र अन्य चार जना सहित ४२ जना सहभागी भई २०५५ साल पौष १ गते काठमाडौं थानकोट स्थित त्रिभुवन पार्कमा बनभोज कार्यक्रम आयोजना भयो । सो बनभोज कार्यक्रम वीरेन्द्र माविका पूर्व विद्यार्थी श्री धनपति (अजय) शिवाकोटीको सक्रियतामा सम्पन्न भएको थियो । कार्यक्रमले हामी पूर्व विद्यार्थीहरुको पुनर्मिलन एवं संगठित हुने ऐतिहासिक अवसर जुरायो । त्यसै सन्दर्भमा पूर्व विद्यार्थी श्री विष्णु प्रसाद चापागाईको अध्यक्षतामा २०५५ साल चैत्र १४ गतेका दिन “वीरेन्द्र मा.वि. एलुम्नाई एसोसिएसन” को नामबाट यो संस्था गठन भई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएपछि मूर्त रुप लिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्था दर्ताको व्यवस्था भए वमोजिम मिति २०५६।६।१ का दिन कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचन समेत गर्ने गरी २०३० सालमा पहिलो व्याचका रुपमा विद्यालयबाट प्रवेशिका परीक्षामा सामेल पूर्व विद्यार्थी एवं निवर्तमान अध्यक्ष श्री मिना पराजुली पोख्रेलको संयो कत्वमा १८ सदस्यीय साधारण सभा तयारी मूल समिति र सोही व्याचका श्री नैन विनोद न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन भयो । त्यही समितिले २०२२ सालदेखि विद्यालयका प्रधानाध्यापकको रुपमा अनवरत सेवा पु¥याउदै आउनु भएका श्रद्वेय गुरु स्वर्गीय डिल्ली प्रसाद भट्टराईलाई प्रमुख अतिथि, मेची आमाको नामले राष्ट्रिय स्तरमा चिनिनु भएकी स्व.दिल कुमारी श्रेष्ठ,उहाका सुपुत्र एवं प्रतिष्ठित रेडियोलोजिष्ट डा.आनन्द श्रेष्ठ, नेपाल कमर्स क्याम्पस मीनभवनका तत्कालीन क्याम्पस प्रमुख श्री माधव प्रसाद न्यौपाने, पूर्व शिक्षक काली प्रसाद पोख्रेल (के.पी. सर) विद्यालयका संस्थापक विद्यार्थीहरु श्री जनार्दन न्यौपाने, भानुभक्त निरौला, विश्वराज रेग्मी समेतका प्रतिष्ठित व्यक्तित्व (अतिथि) हरुको समुपस्थितिमा संस्थाको साधारण सभा सम्पन्न भयो । सो सभाबाट सर्वसम्मतीमा श्री मिना पराजुली पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन कार्य समेत सम्पन्न भयो । सो समितिले २०५६ साल मंसिरमा बनभोज कार्यक्रम आयोजना गरी पूर्व विद्यार्थी र काठमाडौंमा उपलब्ध पूर्व शिक्षकहरुको पुनर्मिलनको व्यवस्था मिलाइएको सम्मको प्रसंग २०५७ साल बैशाखमा प्रकाशित यस संस्थाको पहिलो प्रयासको रुपमा आएको स्मारिका “प्रयास” मा चर्चा गरिसकिएको छ ।

यस संस्थाले केही व्यवहारिक उद्देश्यहरु तय गरी सोही अनुसार विविध क्रियाकलापहरु संचालन गर्दै आएको छ । मुलतः बर्षको एक पटक हिउँद महिनामा बनभोज कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुको पुनर्मिलन गराउने र विद्यालयको बार्षिकोत्सवको अवसर पारेर शैक्षिक स्तरोन्नतीको लागि संस्थाको क्षमता अनुसार केही कार्यक्रम गर्ने उद्देश्य राखेका थियौं । सोही अनुसार संस्था स्थापना भएको शुरुवाती बर्षहरुमा पूर्व विद्यार्थी स्व. राकेश प्रधानाङ्गको परिवारबाट उनको स्मृतिमा प्रत्येक बर्ष प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थीलाई रु. १०,०००/- को पुरस्कार र पूर्व विद्यार्थी श्री विनिता प्रधानले १ जना, श्री कुमार लम्सालले १ जना, श्री बासुदेव ढुंगेलले २ जना र श्री गोपाल कोइरालाले १ जना जेहेन्दार आदिवासी जनजाती तथा पिछडिएको वर्गलाई लक्ष्यित गरी छात्रवृत्ति प्रदान गर्ने घोषणा गरी शुरुका ३ बर्षसम्म यसै संस्था मार्फत पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने कार्य सम्पन्न गरियो । विद्यालयको लागि जग्गा दान गर्नु हुने कौवा राजबंशीका सुपुत्र धनीलाल लगायतका जग्गा दान गर्ने दाताहरु, स्थापना कालदेखि अनवरत सेवारत रहनु भएका स्व.डिल्ली प्रसाद भट्टराई (हेडसर), राधाकृष्ण ढकाल (राधा सर) तत्कालीन गाऊँ पञ्चायतको प्रधानपञ्च भई विद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने डिल्लीराम पोख्रेल लगायतलाई सम्मान समेत गरिएको थियो । पूर्व विद्यार्थी सन्तोष कोइराला र विनोद चापागाईको पहल एवं सक्रियतामा डा. जुगल भूर्तेल र कुमार लम्साल लगायतका केही पूर्व विद्यार्थीहरुबाट रकम संकलन गरी विद्यालयलाई तत्कालीन अवस्थामा आवश्यक परेको १ थान कम्प्यूटर हस्तान्तरण पनि गरिएको थियोे । हामीले ठूलो र महत्वकांक्षी उद्देश्य नराखेकोले कसैसँगबाट कुनै पनि रकम सहयोगको रुपमा नलिई प्रत्येक बर्ष काठमाडौंमा आयोजना हुने वनभोजबाट वचेको रकम, सदस्यता शुल्कको रकमबाट उल्लेखित सानातिना कार्यक्रमहरु गर्दै आएका हौं । माथि उल्लेखित पूर्व विद्यार्थीहरु तथा अभिभावकबाट प्रदान गरिएको उल्लेखित छात्रवृत्ति तथा पुरस्कारले आज निरन्तरता पाएको छैन । यसमा संस्थाको कार्य समितिका जिम्मेवार हामी पदाधिकारीहरुले आफ्नो गल्ती, कमजोरी स्वीकार्न हिच्किचाउनु हुँदैन । हामी सक्रिय हुन नसकेकोले उक्त कार्यक्रमहरुले निरन्तरता पाउन सकेनन् । यसमा सम्वद्ध सबैसँग हामीले माफी माग्नै पर्दछ । सक्रिय हुन खोज्ने ईच्छा हुँदाहुँदै पनि त्यो ईच्छालाई व्यवहारमा उतार्न नसक्दा ती असल प्रयासहरुले लामो समय निरन्तरता पाउन सकेनन् । यति हुँदाहुँदै पनि कुनै कुनै बर्ष वाहेक काठमाडौंमा वनभोज कार्यक्रमले निरन्तरता पाइरहेकै छ । यही कार्यक्रम मार्फत वीरेन्द्र माविका हामी पूर्व विद्यार्थीहरुको आत्मीय भेटघाट भइरहेको छ ।

हाम्रो निष्क्रियता हामी आफैंलाई बेलबेला असजिलो लाग्दथ्यो । साथीहरु भेटघाट हुँदा कुराकानी भइरहन्थे । अक्सर सम्पर्कमा रहने सन्तोष कोइराला लगायतका पूर्व विद्यार्थीहरु एकआपसमा भेट्दा पुनः सक्रिय हुने र संस्थालाई जीवन्तता दिने भनी सल्लाह हुने गथ्र्यो । प्रायशः सबै पूर्व विद्यार्थीहरु काठमाडौंमा आफ्नो फराकिलो र जीवनयापनको लागि क्रियाशील र संघर्षरत रहेको हुनाले समय दिन नसको यथार्थ पनि हाम्रो सामु थियो । सोही अबस्थामा २०७१ सालको दशैंपछि संस्थालाई जीवन्तता दिन पुनः हामी जुर्मरायौं । मिना पराजुली पोखरेल, पुष्कर भुर्तेल, हरि कुमार नेपाल, धनपति शिवाकोटी, रेखा पोखरेल चापागाई, गिता ढकाल सुवेदी, कामाक्षा चापागाई, प्रकाश श्रेष्ठ, प्रज्वल कोइराला लगायतका केही सक्रिय पूर्व विद्यार्थीको पहलमा २०७१ साल मंसीर १३ गतेका दिन गोकर्ण, काठमाडौं स्थित शहिद पार्कमा वनभोज कार्यक्रम आयोजना गरियो । सो वनभोजमा उपस्थित १२० जना पूर्व विद्यार्थीहरुका वीचमा संस्थालाई पुनर्जिवन दिने उद्देश्यले तत्कालीन अध्यक्ष मिना पराजुली पोख्रेलकै पहलमा पहिलेको कार्य समितिलाई भंग गरी श्री पुष्कर भुर्तेलको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरियो । पछिल्लो समयमा यही समिति क्रियाशील रहेको छ ।

वर्तमान समिति गठन भएपश्चात यस संस्थाको क्रियाशीलता बढेको छ । २०७२ साल भाद्र ७ गतेका दिन कैलालीको टिकापुरमा भएको अप्रत्यासित एवं अप्रिय घटनामा सहादत प्राप्त गर्नु भएको अतिरिक्त प्रहरी महानिरीक्षक स्व. लक्ष्मण न्यौपानेको निधनमा उहाँकै निवास सिनामंगलमा संस्थाका कार्य समितिका पदाधिकारी लगायतका पूर्व विद्यार्थीहरु भेला भई लिखित समवेदना दिनुका साथै १३ दिनको पुण्य तिथिमा ८८ जना पूर्व विद्यार्थीहरुले राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर दैनिक मार्फत समवेदना दिएको प्रसंग पनि यहाँनेर दुःखका साथ उठाउन सान्दर्भिक होला । यसरी गठित तदर्थ समितिका सामु मुलतः संस्थाको नाम र यसले ग्रहण गर्नु पर्ने औपचारिकताका सवालमा केही चुनौतिहरु थिए । खासमा तत्कालीन वीरेन्द्र माध्यमिक विद्यालय स्तरोन्नती भई मा.वि.बाट उच्च मा.वि.मा परिणत भई सकेको अबस्था थियो । अर्कोतिर लामो समयसम्म नविकरण नभएर नविकरण दस्तुर समेत धेरै बुझाउनु पर्ने लगायतका विविध अप्ठ्याराहरु थिए । यस्तो अबस्थामा संस्थालाई नविकरण गर्नु भन्दा नयाँ दर्ता गर्नु उपयुक्त देखी “वीरेन्द्र एलुम्नाई एसोसिएसन” को नामबाट संस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराई संस्थालाई अद्यावधिक गराइएको छ । यसरी संस्था अद्यावधिक गरे लगत्तै वीरेन्द्र माविको स्वर्ण जयन्ती मनाउने कार्यक्रममा यो संस्था लागिपरेको छ । २०२२ साल फागुनमा विद्यालयले माध्यमिक तहको स्वीकृती पाएको मितिलाई आधार मानी आगामी २०७२ साल फागुन १२ र १३ गते २ दिन मनाउन लागिएको विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई सहयो ग गर्ने गरी पूर्व विद्यार्थीहरुबाट स्वेच्छिक आर्थिक सहयोग रकम संकलन गर्ने र पूर्व विद्यार्थीहरुको पुनर्मिलन गराउने उद्देश्यकासाथ २०७२÷१०÷९ का दिन भक्तपुर सल्लाघारी स्थित गणेश मन्दिरको वनभोज स्थलमा कार्यक्रम आयोजना गरियो । बनभोजमा त्यस अघिका सबै वनभोज कार्यक्रममा भन्दा धेरै २०० अधिक संख्यामा वरिष्ठ देखि कनिष्ठ पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयलाई माया गर्नु हुने झापा समाजका अध्यक्ष डा.आनन्द श्रेष्ठ, श्री भरत कोइराला, श्री भानुभक्त निरौला र श्री विश्वराज रेग्मी एवं श्रद्धेय गुरुआमा नव खनाल (नवा दिदी) को उपस्थितिले वनभोजको गरिमा बढाएको हामीले महसुस गरेका छौं । उक्त वनभोजमा भएको उपस्थितिले वर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र हामी सबैमा उर्जा थपिदिएको छ । हामी उत्साहित छौं । आगामी बर्षदेखि संस्था आयोजक भई पूर्व विद्यार्थीहरु, काठमाडौंमा उपलब्ध पूर्व शिक्षक र चन्द्रगढी भद्रपुर घर भई हाल काठमाडौंमा बसोबास गर्ने अन्य महानुभावहरुलाई समेत सहभागी गराई उनीहरु वीच पुनर्मिलन गराउन प्रयासरत रहने प्रण गर्दछौं ।

Any question?


वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं logo
Address
Kathmandu-7, Chabahil, Nepal
Phone
+977 9851009148
Email
alumnibirendra@gmail.com

About us

वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौँ वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रगढी, झापाका पूर्व विद्यार्थीहरुको संगठन हो । पूर्व विद्यार्थीहरु बीच समन्वय गरी एकता कायम गर्नु, एक आपसमा परस्पर हित प्रवद्र्धन गर्नु र वीरेन्द्र माविको व्यवस्थापन सँग सहकार्य गरी विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा सहयोग गर्नु यस एलुम्नाईका उद्देश्यहरु रहेका छन् । यी उद्देश्यहरु पुरा गर्न संस्थाले विविध कार्यहरु गर्दै आएको छ । वि सं २०५७ सालमा स्थापित यो संस्थाले २०७२ सालमा नेपाल सरकारको ऐन बमोजिम औपचारिक मान्यता पाएको छ । परिणामस्वरुप स्थापनाकालदेखि समय समयमा गर्दै आएका कार्यक्रमहरुले पछिल्लो समयमा स्थायित्व पाउँदै गएका छन् । साथै थप नयाँ कार्यक्रमहरुले पनि संस्थाभित्र प्रवेश पाएका छन् ।
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | वीरेन्द्र एलुम्नाई एसोसिएसन, काठमाडौं | All rights reserved
Powered by OIT